स्पाइडरम्यान : फार फ्रम होमको फ्यान स्क्रीनिङ

आदर्श समाज सम्वाददाता
असार १३, २०७६
Spider-Man-Far-From-Home-Teaser-Poster

पोखरा सभागृहस्थित मिडटाउन सिनेमाजले हलिउड फिल्म स्पाइडरम्यान : फार फ्रम होमको फ्यान स्क्रीनिङ गर्ने भएको छ। फिल्म नेपालमा जुलाई ५ तारिखदेखि रिलिज हुँदैछ। नेपालमा रिलिजको २ दिन अगावै काठमाडौं बाहिर पहिलो पटक पोखरामा फ्यान स्क्रीनिङ गर्न लागिएको हो।

मिडटाउन सिनेमाज र हलिउड फिल्मप्रति दर्शकले देखाएको मायाको धन्यवादस्वरुप जुलाई ३ मा निःशुल्क फ्यान स्क्रीनिङ गर्न लागिएको कार्यकारी निर्देशक निकेश द्वाले जानकारी दिए। उनले हलिउड फिल्मको बजार विस्तार गर्ने प्रयासस्वरुप स्क्रीनिङ गर्न लागिएको बताए।

‘मिडटाउन सिनेमाजमा हलिउड फिल्म हेर्न आउने दर्शक थुप्रै हुनुहुन्छ, ’ उनले भने ‘अझै धेरै दर्शकलाई हलिउड फिल्म हेर्ने कल्चर वृद्धि गर्नु हाम्रो उद्देश्य हो। ’

नेपालमा फिल्म वितरणको जिम्मा पाएको एप्पल इन्टरटेन्मेन्टसँगको सहकार्यमा फिल्म देखाउन लागिएको मिडटाउन सिनेमाजका म्यानेजर विवेक श्रेष्ठले जनाए।

एप्पल इन्टरटेन्मेन्टकी जेनिशा पहारीले पोखरामा अन्य स्थानमा भन्दा फिल्मप्रेमी दर्शक धेरै रहेका कारण शो गर्न लागिएको बताइन्।

Related News

सम्बन्धित समाचार

hero news full width