स्वच्छ वातावरण सम्वन्धी कलाकारको प्रर्दशनी

एजेन्सी
असार २, २०७६
batabaran photo_Fotor

पोखरा, १ असार। स्वच्छ वातावरण अभियानलाई सार्थक तुल्याउनको लागि शनिबार पोखरामा कलाकार सहितको सडक प्रर्दशनी तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

वन तथा वातावरण मन्त्रालय वातावरण विभाग काठमाडौंको आयोजना तथा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को प्रस्तुतिमा भएको कार्यक्रममा विभिन्न कलाकारहरुबाट वातावरण सम्बन्धी नाटक तथा गीत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए। उनले सबैको विकल्प भएपनि वातावरणको विकल्प नहुँदा यसलाई सफा राख्न सबैलाई आग्रह गरे। ‘वातावरण स्वच्छ राखेनौं भने मानव जीवन पाउन सक्दैनौं, ’ उनले भने, ‘वर पिपल मासिँदैछ। मानवबस्ती पनि अतिक्रमण भएको अवस्थामा यसलाइ जोगाउन सबै लाग्नुपर्ने हुन्छ। ’ उनले गण्डकी प्रदेशका जिल्लाहरुमा बाटिका बनाएर बरपिपल रोप्ने तयारी रहेको सुनाए। ‘यसको संरक्षणको लागि ऐन ल्याएका छौं। कार्यान्वयन गराउने छौं, ’ उनले भने।

गण्डकी प्रदेश सांसद राजिप पहारीले घरटोलमा फोहोर फ्याक्नेलाई सामाजिक रुपमा बहिष्कार गर्ने अभियान चलाउनुपर्ने बताए। ‘त्यस्तो अभियान चलाइयो भने अनिमात्र बल्ल स्वच्छ सहर बन्नेछ, ’ उनले भने, ‘अब सबैले एउटा घर बनाउँदा तीन वटा रुख रोप्ने प्रण गर्नुपर्छ। पोखरा सहर अहिले कङक्रिड जस्तो भएको छ। रुख विरुवा मासिँदै छन्। यसलाई सफा र स्वच्छ बनाउन सबै लागौ। ’

कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष जगतबहादुर पहारी, युवा नेता मनकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी कास्की सदस्य मंगल नेपाली, साँस्कृतिक संस्थानका प्रमुख प्रभाकरदेव शर्माले बोलेका थिए। कार्यक्रमको सञ्चालन गायक जीवन दाहालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width