म्याग्दी, १ असार । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा अमर बानियाँ निर्वाचित भएका छन् । सदरमुकाम बेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले बानियाँको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन गरेको हो ।
जिल्ला शाखाको सदस्यहरुमा कृष्णबहादुर बानियाँ, लक्ष्मण केसी,ठहरबहादुर भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, गंगा बानियाँ, पूर्णबहादुर बानियाँ, सोमनाथ उपाध्याय, मुक्तिबहादुर खड्का, गोविन्द बानियाँ, बसुधा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, यामबहादुर शाक्य र मनोनित सदस्यमा लालबहादुर भण्डारी निर्वाचित भएका छन् । कार्यसमितिको बैठकबाट पदाधिकारीको टुङगो लाग्ने जनाइएको छ ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय सचिव भरतबहादुर चन्दले संघमार्फत विभिन्न ठाउँमा आँखासम्बन्धी शिविर संचालनमा ल्याइएको बताए । उनले मानिसको सबैभन्दा ठूलो अङ्ग आँखा भएकाले यसलाई बचाउनुपर्ने भन्दै समय समयमा चेकजाँच गरिरहनु पर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले म्याग्दीमा पनि नेत्रज्योति संघ स्थापना हुनु खुसीको कुरा भएकाले संघले सामाजिक क्षेत्रमा खासगरी आँखासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव क्या. मिनबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, नेत्रज्योति संघका केन्द्रीय सदस्य प्राध्यापक डाक्टर दिलबहादुर क्षत्री, हिमालय आँखा अस्पताल पोखराका अध्यक्ष तथा अधिवक्ता कृष्ण गुरुङ, नेत्रज्योति संघका गण्डकी प्रदेश सदस्य ध्रुव केसी, बागलुङ शाखाका सभापति भरत पुरी, रेडक्रस म्याग्दी शाखाका सभापति लेखबहादुर हमाल, बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल र आजीवन सदस्य सुवासकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१