अन्तराष्ट्रिय ओलम्पिक शनिबारदेखि दिवस शुरु भएको छ। दिवस अवसरमा नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइने भएको छ। ओलम्पिक डे अवसरमा १ सय १६ वटा कार्यक्रम आयोजना गरिने नेपाल ओलम्पिक कमिटि अन्तर्गत स्पोर्ट्स फर अल कमिसन नेपालले जनाएको छ।
आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ (असार ८ ) मा मनाउने गरिन्छ। नेपालमा जेठ ३२ देखि असार ८ सम्म विविध कार्यक्रम गरी मनाइने कमिसनले जनाएको छ।
पहिलो दिन साइकल याली आयोजना गरिएको छ। एनओसी भवन सातदोबाटोबाट शुरु भएर भृकुटीमण्डप पुगेर सकिएको र्यालीमा एक सय भन्दा बढीको सहभागिता थियो। र्यालीअघि जुम्बा डान्सको प्रदर्शनीसमेत गरिएको थियो।
यसअघि, नेपाल ओलम्पिक कमिटि अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य माननीय जीवनराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए।
कमिसनले ओलम्पिक डेको अवसरमा नेपालमा १ सय १६ वटा कार्यक्रम आयोजना गर्दैछ। कमिसनले यसपटक सात प्रदेशसहित राष्ट्रिय खेलकुद, विभिन्न विधालय, विभागीय क्लब आर्मी, पुलिस र एपीएफमा १ सय १६ वटा कार्यक्रम गरेर मनाउने जनाएको छ।
डेको अन्तिम दिन लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरेर समापन गरिने आयोजकले जनाएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१