पण्डित पोखरेलको स्मृति

आदर्श समाज सम्वाददाता
असार १, २०७६
narayan pokh_Fotor

वाचनशिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको ६५ औं जन्मजयन्ती शनिवार केदारेश्वर महादेवमणि मन्दिर परिसरमा स्मृति दिवस मनाइएको छ।

प्रमुख अतिथि केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश डा लेखनाथ आचार्यले पं. पोखरेलले पुर्याएको योगदानको चर्चा गरेका थिए। स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष मीना पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो। सो अवसरमा प्रतिष्ठान महासचिव मुक्तिराम अधिकारी, सचिव पं तारानाथ शर्मा, कोषाध्यक्ष हाइसुबा गुरुङ सदस्य गंगा केसी, काँग्रेस नेतृ सरस्वती गुरुङ र माया बराल लगायतले पोखरेलको शालिकमा माल्यार्पण गरी धार्मिक, सामाजिक तथा शैक्षिक जागरण ल्याउन अतुलनीय योगदान गरेको स्मरण गरे।

उक्त कार्यक्रममा बटुकले स्वस्तिक वाचन गरेको सचिव पं तारानाथ शर्माले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width