पछिल्लो समय जिल्लाको पर्यटकीयस्थलको रुपमा विकास हुन लागेको म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानमा रहेको पर्यटकीयस्थल गाईखर्क ताल जाने सडक निर्माण भएको छ। वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित २ लाख रुपैयाँ र स्थानीयवासीको ५० हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष रवीन्द्र रानामगरले जानकारी दिए। देवीस्थानको हाँस खोलादेखि गाईखर्कसम्म ७ सय ५० मिटर सडक निर्माण गरिएको छ।
पछिल्लो समय पर्यटकीयस्थलरुपमा विकास हुँदै गएको तालमा पर्यटन प्रवद्र्धन गर्नका लागि सडक सञ्जालले जोड्न मोटरबाटो निर्माण गरिएको वडा अध्यक्ष पीपला बुढाथोकी मगरले बताइन्।
उनले तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरी वडा कार्यालयबाट बजेट विनियोजन गरी मन्दिर निर्माण कार्य शुरु भएको पनि जानकारी दिइन्।
गाउँपालिकाभित्रका पर्यटकीय स्थलमा पर्यटकको सेवासुविधा लक्षित गरी सडक र अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरको भनाइ छ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरी वडामा प्रदेश सरकारको आर्थिक सहयोगमा दुई वटा होमस्टे (घरवास) संचालनमा ल्याइएको छ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१