दलित सामुदायिक विकास केन्द्रमा अध्यक्ष सहित बहुमत सदस्यद्वारा राजीनामा

आदर्श समाज सम्वाददाता
असार १, २०७६
dalit samudaik_Fotor

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा रहेको दलित सामुदायिक विकास केन्द्रका अध्यक्ष कविराम सुनार सहित बहुमत सदस्य ९ जनाले संयुक्त रुपमा राजीनामा दिएका छन्।

१३ जनाको समिति रहेकोमा अध्यक्ष सहित ९ जनाले राजीनामा दिएको भेला आयोजक समितिका सहसंयोजक रेशम परियारले बताए।

बहुमत सदस्यले अध्यक्ष लगायतका केही पदाधिकारीले एकल निर्णय गर्ने र संस्थालाई सामुहिक ढंगले अगाडि बढाउन नसकेको भन्दै राजीनामा दिए पछि अध्यक्षले पनि राजीनामा दिएका थिए। साधारण सभाले अध्यक्ष सहित बहुमत सदस्यको राजीनामा स्वीकृत गरी भेला आयोजक समिति गठन गरेको हो।

अध्यक्ष सहितको बहुमत सदस्यले राजीनामा दिए पछि शनिबार बसेको दोस्रो साधारण सभाले लक्ष्मी सुनारको संयोजकत्वमा ९ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ।

जसको सहसंयोजकमा रेशम परियार, सचिवमा सर्मिला विक, कोषाध्यक्षमा मोहलाल विश्वकर्मा र सदस्यहरुमा पूजा बराल, राज विक, लालबहादुर मल्ल, नरबहादुर विश्वकर्मा, इन्द्रबहादुर परियार रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width