पोखरा, २५ जेठ । पोखरा–११ फूलवारी स्थित प्रगति टोलको एक निर्माणाधिन घरमा काम गर्ने १८ बर्षीय मजदुर प्रवीण नेपालीको करेण्ट लागेर मृत्यु भएको छ ।
पोखरा–११ फूलवारी निवासी इन्द्रप्रसाद पाठकको निर्माणाधिन घरमा शनिवार पानी मोटरको विद्युत प्लग छुटाउने क्रममा करेण्ट लागेर पोखरा –१३ भद्रकाली बस्दै आएका १८ बर्षीय मजदुर प्रवीन नेपालीको मृत्यु भएको हो ।
करेण्ट लागेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकरी दिएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।
त्यस्तै मनाङको नार्फा भूमि गाउँपालिका–२ निवासी ३४ बर्षीया ढोल्मा नाङ्सेङ लामाको यार्सा गुम्बा संकलन गर्ने क्रममा शनिवार सोही स्थानको घ्याङ्सेङ भीरबाट लडेर मृत्यु भएको छ । उनी भीरभाट सात सय मीटर तल खसेकी थिइन् । ४ नं प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।
त्यसैगरी स्याङ्जा कालीगण्डकी गाउँपालिका–२ भुरडाँडा निवासी २५ बर्षीया मीना थापाको हातखुट्ट धुने क्रममा कालीगण्डकी नदीमा खसेर मृत्यु भएको छ ।
दिदी तारा केसीसँग शनिवार नदीको किनारमा रहेको गुठी मन्दिर घुम्न गएकी र दिदीसँगै कालिगण्डकी नदीमा हातखुट्टा धुने क्रममा मीनालाई नदीले बगाएको प्रहरीले जानकारी दिएको छ । नदीले वगाएकी उनी एक कीलोमीटर दुरी तल मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१