सगरमाथा नाप्ने गौतमको सम्मान

रिजन नेपाल
जेठ २१, २०७६
khim lal gautam_Fotor

विश्वकै सवोर्च्च शिखर सगरमाथाको उचाइ मापन गर्न सफल नेपाल सरकारका उपसचिव एवं नापी कार्यालय कास्कीका प्रमुख नापी अधिकृत इ. खिमलाल गौतमलाई सोमबार सम्मान गरिएको छ।

नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन, कास्की र नेपाल लेखापढी बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रुपमा समारोह आयोजना गरी इ. गौतमलाई सम्मान गरेका हुन्।

उनलाई नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन केन्द्रीय सदस्य हरिप्रसाद शर्माले सम्मानपत्र प्रदान गर्नुका साथै सहकारी अध्यक्ष ठाकुरप्रसाद अधिकारीले दोसल्ला ओढाएका थिए।

कास्की साविक धितालको हाल माछापुच्छ्रे गाउँपालिका ६ बस्ने इ. गौतमले जोखिम मोलेर सवोर्च्च शिखर पुग्दाको अनुभव सुनाए। उनले नेपाल सरकारतर्फबाट पहिलो पटक सवोर्च्च शिखर नापमा आफू जोडिन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। उनले समृद्धिको दिशामा निरन्तर परिश्रम र मेहनत गर्दै जानुपर्ने सुझावसमत दिए।

कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष अम्बरबहादुर कार्की अनिल, केन्द्रीय सदस्य हरिप्रसाद शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए।

नेपाल लेखापढी कानून व्यवसायी एशेासिएसन कास्की अध्यक्ष खडानन्द लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष अनिल र संचालन सचिव जयलाल अधिकारीले गरेका थिए।

इ.गौतमले सगरमाथा चढेर झन्डा फर्फराउनु भन्दा उचाइमापनका लागि डाटा संकलन गर्नु निकै चुनौतीपूर्ण रहेको बताए।

गत जेठ १७ मा उनको सम्मानमा पोखरामा भव्य स्वागत कार्यक्रम गरिएको थियो।

सगरमाथा उचाइमापनका लागि इ. गौतमको नेतृत्वमा ४ जनाको टोली जेठ ८ मा सगरमाथाको चुचुरो पुगेको थियो। टोलीले चुचुरोमा १ घण्टा १६ मिनेट बिताएको थियो। टोलीमा अधिकृत रविन कार्की, सभेर्यर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल थिए। टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेको थियो।

नापपछि डाटा संकलन भइरहेकोले आगामी मंसिरमा सगरमाथाको वास्तविक उचाइ सार्वजनिक गर्ने बताइएको छ। इ. गौतम सगरमाथा आरोहण गर्ने निजामती कर्मचारीमा पहिलो हुन्। उनको यो दोस्रो आरोहण थियो। यसैबीच, एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले पनि यसै सिजनमा सगरमाथाको सफल आरोहण गरी फकेर्का छन्। आरोहणपछि फकेर्का श्रेष्ठ र गौतमलाई एकै दिन पोखरामा स्वागत सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width