सरसफाइ सामग्री वितरण

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७६

पोखरा वडा १ आमा समूहको अग्रसरतामा गठित सरसफाइमा आमा कार्यक्रम समन्वय समितिको आयोजना र वडा १ को आर्थिक सहयोगमा सरसफाइ सामग्री प्रदान गरिएको छ।

प्रमुख अतिथि वडाध्यक्ष शारदाकुमारी पराजुलीको आतिथ्यमा कुचो, सावेल, प्लाष्टिक सोर्ने फलामे औजार, पञ्जा, माक्स, आसी, झोला लगायत सामग्री वडाका २० ओटा आमा समूहलाई प्रदान गरिएको हो।

दुर्गा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा तुलसी केसी, सीता गुरुङ र कल्पना बास्तोला, वडा सदस्य पे्रमकुमारी परियार, सहारा प्रधान लगायत बोलेका थिए।

कार्यक्रम संचालन राधा बराल अधिकारीले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width