जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ।
जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ। यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन।
यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने छ। स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती रोबोट १.२० मीटर उचाईका छन।
ती रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिने छ। ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ। रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट शुरुआत गरिने उक्त विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो।
सन २०२० मा जापानमा ओलम्पिक खेलकूद हुदैछ। त्यस समयमा निकै धेरै विदेशीहरुको आगमन हुने र सुरक्षाकर्मीरुको पनि आवश्यकता हुनेछ। त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरुले जानकारी दिएका छन।
विमानस्थल प्रशासनले दिएको जानकारी अनुसार उक्त विमानस्थलको टर्मिनल १ मा दुई ओटा र टर्मिनल २ मा दुई ओटा रोबोटको जडान गरिने जनाइएको छ। जापानले कामदारहरुको संख्या कटौती गर्ने नीति लिइरहेको छ। जसका कारण यसअघि पनि जापानका विभिन्न क्षेत्रमा र विशेषगरी सामान ढुवानी र यातायातमा रोबोटको प्रयोग गरि सकिएको छ।
यसरी कामदार कटौतीको जापानी नीतिलाई अहिलेको रोबोटले पनि प्रबद्र्धन गर्ने अनुमान गरिएको पनि एक समाचारमा जनाइएको छ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१