पहिलो खेलमै गण्डकीको हार

प्रधानमन्त्री कप क्रिकेट

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७६
PM Cup Cricket_Fotor

गण्डकी प्रदेशले प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा ७ विकेटले हार व्यहोरेको छ। पारस खड्का कप्तान रहेको प्रदेश ३ ले मंगलबार गण्डकीलाई पराजित गरेको हो।

जितसँगै प्रदेश ३ ले लगातार दोस्रो जित हात पारेको छ। पहिलो खेलमा एपीएफसँग ४१ रनले पराजित भएको प्रदेश ३ ले सोमबार प्रदेश ५ लाई ६ विकेटले पराजित गरेको थियो।

मंगलबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी ३०.१ ओभरमा अल आउट हुँदै १ सय ८ रनमा समेटियो। उसका लागि सुमन घिमिरेले ३२ बलमा ३ छक्का र १ चौका सहित ३४ रनको योगदान दिए। त्यस्तै, आकाश थापाले ४६ बलमा २ चौकासहित २८ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्।

एक समय ५० – ६ को स्थितिमा रहेको गण्डकीलाई सुमन र आकाशको ५३ रनको साझेदारीले उकासेको थियो। प्रदेश ३ को कसिलो बलिङ सामु गण्डकीका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। अनिल गुरुङ ७, विधान श्रेष्ठ २, मेख शेन ५, विशाल पौडेल डक र कप्तान गोविन्द प्रधान ३ रनमा आउट भए।

प्रदेश ३ का कप्तान पारस खड्काले ८ ओभरमा १ मेडनसहित १८ रन खचेर्र ४ विकेट लिए। त्यस्तै, युवा स्िपनर सूर्य तामाङले ८.१ ओभरमा १ मेडनसहित २९ रन खचेर्र ४ विकेट लिएपछि गण्डकी सस्तैमा समेटिएको हो। नन्दन यादवको नाममा २ विकेट रह्यो।

१ सय ९ रनको सामान्य लक्ष्य पाएको प्रदेश ३ ले २२.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि आदिल खान ५३ बलमा ५ चौका सहित ३८ रनमा नट आउट रहे। त्यस्तै, चौका हान्दै खेल सकाएका ईशान पाण्डेले ४० बलमा ४ चौकासहित २६ रनमा अविजित रहे।

सातौं ओभरको पहिलो बलमा किशोर महतोले ओपनर रित गौतमलाई २० रनमा बोल्ड आउट गरे। रितले २२ बलमा ४ चौका प्रहार गरे। त्यसै ओभरको पाँचौ बलमा महतोले आफैं क्याच लिदै अर्का ओपनर रविन जोशीलाई ११ रनमा पेभिलिएन फर्काए।

विपिन खत्रीले अभिषेक बस्नेतलाई ८ औं ओभरको दोस्रो बलमा ५ रनमा बोल्ड आउट गरेपछि ४१ – ३ को अवस्थामा पुगेको प्रदेश ३ लाई ईशान र आदिलले चौथो विकेटका लागि ७१ रनको अविजित साझेदारी गर्दै सहज जित पक्का गरे। गण्डकीको लागि किशोर महतोले २ र विपिन खत्रीले १ विकेट हात पारे।

आर्मी सेमीफाइनलमा

त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा आर्मीले कर्णाली प्रदेशलाई १ सय १७ रनले हरायो।

मूलपानी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मी ओभरमा ९ विकेट गुमाउँदै २ सय ९० रन बनायो। बलियो साझेदारी गरेको आर्मीले पहिलो विकेटका लागि १ सय ३२ रनको साझेदारी गरेको थियो। ओपनर हरीशंकर झाले ५२ रन बनाए भने राजु रिजालले ६६ रनको योगदान गरे। रोहितकुमार पौडेलले ५६ रन बनाए भने हरी चौहानले ११ रन थपे। करण केसीले २८ रन बनाए। राम्रो सुरुवात गरेपनि उसका मध्यक्रममका खेलाडी सस्तैमा आउट भए। १ सय ६९ रन बनाउँदा ५ विकेट गुमाएको आर्मीले २ सय ५८ रनमा नौ विकेट गुमायो। अन्तिममा साहव आलम र ललित चन्दले १६/१६ रनको योगदान गरे। बलिङमा ललित प्याकुरलेले ५ विकेट लिए।

जवाफमा कर्णाली प्रदेश ३५ ओभर १ बलमा १ सय ७३ रनमा अल आउट भयो। कमजोर सुरुवात गरेको उसले १८ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि २३ रनमा दोस्रो किवेट खेर फाल्दा ७१ रनमा ६ विकेट गुमायो। जसमा सुसन थापाले सर्वाधिक ३१ रन बनाए। दिवन पुनले २६ तथा कप्तान रविन्द्र शाहीले १३ रन बनाए।

यस्तै, दिनेश अधिकारीले ११ रन थप्दा अरु खेलाडी एकपछि अर्को रुपमा आउट भए। अन्तिममा ललित प्याकुरेलले २८ रन जोडे। कर्णालीलाई कमजोर पार्न सुसान भारीले ५ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिए। करन केसीले २ विकेट लिए। जितसँगै अतार्मीले ३ खेलमा ६ अंक बनाउदै समुह बी बाट सेमिफाइनलमा पुगेको हो।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width

Recent Posts

भर्खरै