मानबहादुर टिममा फर्किए

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७६
VolleyBall, Man Bahadur_Fotor

विभागीय त्रिभुवन आर्मी क्लबको पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ विभागीय कारबाहीपछि टोलीमा फर्किएका छन्।

नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका स्टार स्पाइकर मानबहादुरले नेपाली सेनाको आयोजनामा हुने चौथो प्रधानसेनापति कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा पुनरागमन गदैर्छन् । प्रधानसखापति भलिबल १९ जेठबाट २३ जेठसम्म लगनखेलमा आयोजना हुँदैछ।

स्वीकृतिविनै मैत्रीपूर्ण खेल खेल्न जापान गएको भन्दै मानबहादुरलाई विभागीय कारबाही गरिएको थियो। कारबाहीस्वरुप मानबहादुरले आठौं राष्ट्रिय खेलकुद र ताप्लेजुङमा भएको पाथिभारा पुरुष भलिबल प्रतियोगिता गुमाएको थिए।

आर्मीका प्रशिक्षक तथा वरिष्ठ भलिबल प्रशिक्षक कपिलकिशोर श्रेष्ठले मानबहादुर टोलीमा फर्किएको बताएका छन्। विभागले भन्दा पनि मानबहादुरलाई आफ्नै गणले सामान्य कारबाही गरेको जानकारी गराउँदै प्रधानसेनापति भलिबलमा उनी उपलब्ध हुने प्रशिक्षक श्रेष्ठले बताए। उनले टिमसँगै प्रशिक्षण थालिसकेका छन्। मानबहादुरको आगमनसँगै टिम सन्तुलित हुने प्रशिक्षक श्रेष्ठले बताए।

मानबहादुरबिनाको आर्मी टिम केही समय कमजोर जस्तै देखियो। पछिल्लो दुई प्रतियोगिताको फाइनलमा आर्मी पुलिससँग पराजित हुँदै उपाधि विमुख बनेको थियो।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र पाथीभरा भलिबलमा मानबहादुरबिना उत्रिएको आर्मी पुलिससँग हारेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width