पोखरा, १४ जेठ । गण्डकी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस २०७६ मनाउने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा प्रदेशमा गठन गरिएको मूल समारोह समितिले जेठ १४, १५ र १६ गते तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
जसअनुसार जेठ १४ गते मंगलवार पोखरा महानगरपालिका र सुरक्षा निकायको आयोजनामा बिहान शहीदचोकदेखि मुस्ताङचोकसम्म सरसफाइ गर्ने र त्यसपछि प्रदेश सरकारमातहतका सम्पूर्ण विषयगत मन्त्रालय र कार्यालयको परिसरभित्र सरसफाइ र वृक्षरोपण गर्ने तय गरिएको छ । वृक्षरोपणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिरुवा उपलब्ध गराउने भएको छ ।
त्यसैगरी गणतन्त्र घोषणा भएको जेठ १५ गतेका दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा सिर्जनाचोकबाट प्रभातफेरी, शहीदचोकमा शहीदको सालिकमा पुष्पगुच्छा अर्पण तथा त्यसपछि जिल्ला समन्वय समितिको सभाहलमा मुख्यमन्त्रीबाट पुरस्कार वितरण तथा सम्बोधनको कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले जानकारी दिए ।
उनका अनुसार जेठ १६ गते बिहान आन्तरिक मामिला मन्त्रालयको आयोजनामा जिल्ला कारागारमा खेलकूद सामग्री वितरण गर्ने, सामाजिक मन्त्रालयको आयोजनामा सोही दिन बिहान पोखरा महानगरपालिका–१७ स्थित मानवसेवा आश्रम र पोखरा वृद्धाश्रममा फलफूल वितरण तथा स्वास्थ्य जाँच गर्ने र मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा पोखरा–१८ स्थित बाल सुधारगृहका बालकका लागि खेलकूद सामग्री वितरण गर्ने कार्यक्रम तय गरिएको छ । समितिले तीनै दिन साँझ सरकारी कार्यालय तथा सार्वजनिक संस्थानमा दीपावली गर्नेसमेत निर्णय गरेको छ ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१