काठमाण्डौ, ३१ वैशाख । विश्वका दुई ठूला राष्ट्र अमेरिका र चीनबीचको व्यापार युद्ध तत्काल नटुंगिने देखिएको छ ।
वासिङटनमा अघिल्लो साता सुरू भएका चरण–चरणका वार्ता बिनानिष्कर्ष टुंगिएपछि दुई महाशक्ति राष्ट्रको व्यापार युद्धले चर्को रुप लिने भएको छ । वार्तामा चीनलाई दबाब दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारदेखि थप २०० अर्ब डलरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाएपछि चीनले त्यसको जवाफ दिने बताएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले सोमबारको नियमित पत्रकार सम्मेलनमा भने–अमेरिकी भनाइ पर्ख र हेरको नीतिमा छौ । ‘हामीले पटकपटक भनेका छौं थप कर लगाएर कुनै समस्याको समाधान हुँदैन। हाम्रो कानुनी र जायज अधिकारको रक्षा गर्न हामीसँग क्षमता र आत्मविश्वास छ,’ सुवाङले भने।
उता अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले बढाइएको पछिल्लो करको जवाफी कदम चाले त्यसले चीनलाई ठूलो क्षति पुग्ने चेतावनी दिएका छन्। । मैले खुला रूपमा राष्ट्रपति सी र अन्य चिनियाँ मित्रहरूलाई भनेको छु कि यदि सम्झौता नगरे नराम्रो क्षति हुन्छ । किनकी चीनमा अहिले भएका कम्पनीहरू अन्त सर्नेछन,’ ट्रम्पले ट्वीटरमा लेखेका छन्। ।
ट्रम्पले अमेरिका आयात हुने थप ३३९ अर्ब डलरका चिनियाँ सामानमा पनि कर लगाउने बताइसकेका छन्। । चीनले भने अमेरिकाले लगाउने त्यस्तो करले खासै फरक नपर्ने बताउँदै आएको छ। सोमबार पनि चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले अमेरिकाले लगाउने थप करलाई चिनियाँ अर्थतन्त्रले धान्न सक्ने आशयका विचार र टेलिभिजन अन्तर्वार्ता प्रकाशनरप्रसारण गरेका छन्। ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा कर लगाउँदा भएको आम्दानीले अमेरिकी अर्थतन्त्रलाई राहत भएको भन्दै आफूलाई तत्काल कुनै सम्झौतामा हस्ताक्षर गर्न हतार नभएको बताएका छन्। । चीनले पनि आत्मसमर्पण नगर्ने बताएपछि ८ महिनाअघि सुरू भएको व्यापार युद्ध लम्बिने भएको छ।
यसअघि वार्ताका क्रममा चीनले सरकार नियन्त्रित उद्योग व्यवसायमा दिने अनुदान घटाएर खुला बजार बनाउने, वौद्धिक सम्पत्तिको संरक्षण र अमेरिकाबाट आयात गर्ने सामानको मात्रा बढाउनेमा सहमति गरेको थियो।
तर यी सहमतिलाई कसरी लागु गर्ने भन्ने कुरामा दुई देशबीच सहमति हुन सकेको छैन। ह्वाइटहाउसका अधिकारीहरूका अनुसार आउँदो जुन अन्त्यमा जापानमा हुने जी२० मुलुकको सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्प र समकक्षी सी चिनफिङबीच साइडलाइन वार्ता हुने सम्भावना छ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१