पोखरा, २४ वैशाख । पत्रकार ऋषि बराललाई यस वर्षको टंकादेवी–तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार–२०७५ प्रदान गरिएको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ, कास्कीले संचालन गरेको उक्त पुरस्कार पोखरामा मंगलबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पत्रकार बराललाई प्रदान गरेका हुन् ।
प्रमुख अतिथिसमेत रहेका जिसीले बराललाई दोसल्ला ओढाएर ताम्रपत्रसहित नगद २५ हजार १ रुपैया पुरस्कार प्रदान गरे । लामो समय पत्रकारिता क्षेत्रमा रहेर समाज परिवर्तनमा सहयोग पु¥याएको भन्दै बराललाई उक्त पुरस्कारद्धारा पुरस्कृत गरिएको प्रतिभा छनोट समितिका संयोजक कुशुमकेशव पराजुलीले बताए ।
स्वतन्त्रता सेनानी एवं अग्रज पत्रकार कुशुमकेशव पराजुलीको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, महासंघ कास्कीका सल्लाहकार रमेश पौडेल, सदस्य सचिव रामप्रसाद तिमिल्सिना र संंचारकर्मी जमुना वर्षा शर्मा सदस्य रहेको प्रतिभा छनोट समितिले पत्रकार ऋषि बराललाई पुरस्कारका लागि छनोट गरेको थियो ।
कास्कीको पोखरा महानगरपालिका–१३, आर्वामा २०३३ मा जन्मिएका पत्रकार बराल ०५५ सालदेखि पत्रकारिता क्षेत्रमा सकृय छन् । ०५५ देखि आदर्श समाजबाट पत्रकारिता क्षेत्रमा लागेका बराल हाल ई–आदर्श डट कम अनलाइन पत्रिकाकाका कार्यकारी सम्पादक र द हिमालयन टाइम्स अंग्रजी दैनिकको पोखरा संवाददाता हुन् । स्व. टंकादेवी–तुलसीप्रसादका छोरा सुवर्र्णप्रसाद कोइराला एवं कोइराला परिवारले उक्त पुरस्कारको स्थापना गरेका हुन् ।
पत्रकारितालाई मुख्य पेशा बनाएर लामो समय पत्रकारिता एवं संचार क्षेत्रमा कृयाशील पत्रकार एवं संचारकर्मीमध्येबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिदै आएको छ । यसअघि, उक्त पुरस्कारबाट मरणोपरान्त स्व. उमा सिंह, रामकृष्ण ज्ञवाली, रीता गुरुङ, ईश्वरी न्यौपाने, गणेश पाण्डे, दीपेन्द्र श्रेष्ठ, ऋषि धमाला, माधव पनेरु र जमुना वर्षा शर्मा उक्त पुरस्कारबाट सम्मानीत भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१