काठमाण्डौ, २३ वैशाख । आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन पैवेश गरेको छ । आइतबार राति भएको अन्तिम खेलमा कोलकाता नाइट राइडर्समाथि ९ विकेटको सहज जित निकाल्दै मुम्बईले पहिलो क्वालिफायरमा स्थान बनाएको हो । कोलकाता भने हारसँगै आईपीएलबाट बाहिरिएको छ ।
१३४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १६.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा र्गयो । मुम्बईको जितमा कप्तान रोहित शर्माले अविजित ५५ रन बनाउँदा सुर्यकुमार यादव ४६ रनमा अविजित रहे । त्यस्तै, डी ककले ३० रनको योगदान दिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेटको क्षतिमा १३३ रन बनाएको थियो । क्रिस लिनले ४१ र रोविन उथप्पाले ४० रन बनाए ।
कोलकातालाई सस्तैमा समेट्न मुम्बईका लासिथ मालिंगाले तीन विकेट लिए । त्यस्तै, हार्दिक पाण्ड्या र जसप्रित बुम्राहाले समान २–२ विकेट लिए । जितसँगै लिगको शीर्ष स्थानमा रहँदै मुम्बईले पहिलो क्वालिफायर राउण्डमा स्थान बनाएको हो । १४ खेलबाट ९ खेलमा जित र ५ खेलमा हार ब्यहोरेको मुम्बईले १८ अंक बनाएको छ ।
दोस्रो स्थानमा रहेको चेन्नाई सुपर किंग्स पनि पहिलो क्वालिफायरमा प्रवेश गरेको छ । चेन्नाईको पनि मुम्बईकै जति समान अंक भएपनि नेट रन रेटको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको हो ।यता, दिल्लीले भने तेस्रो स्थानमा रहँदै प्लेअफको इलिमिनेटर राउण्डमा प्रवेश गरेको छ । दिल्लीको पनि मुम्बई र चेन्नाईकै जति १८ अंक भएपनि नेट रन रेटमा पछि पर्दै तेस्रो स्थानमा रहेको हो ।
जारी आईपीएलमा सबैभन्दा बढी भाग्य भने सनराइजर्स हैदरावादको चम्किएको छ । कोलकाता मुम्बईसँग पराजित भएसँगै हैदरावाद पनि प्लेअफको इलिमिनेटरमा प्रवेश गरेको छ । अब क्यालिफायरको पहिलो राउण्डमा चेन्नाई र मुम्बईबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै, इलिमिनेटर राउण्डमा दिल्लीले हैदरावादको सामना गर्नेछ ।
Related News
सम्बन्धित समाचार
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१