पोखरा, २२ वैशाख ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रको महाअभियानसँगै दलित मुक्तिको आन्दोलनलाई जोड्पर्ने बताएका छन् ।
राष्ट्रको समृद्धि र विकासको लक्ष प्राप्तिसँगै उत्पीडनमा परेका वर्गहरुले समेत मुक्ति पाउने मन्त्री विश्वकर्माको भनाई थियो ।
भिमबहादुर बि.क. ‘क्षितिज’ द्धारा लिखित ‘दलित उत्पीडन पहिचान र समाधान’ पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले भने, ‘दलित मुक्तिको आन्दोलनलाई राष्ट्रियस्तरमै विकास गरेर लैजानुपर्छ । जातीय विभेद समाज र राष्ट्रको समस्या बनेको छ । सामाजिक विविधता रहेको नेपाली समाजले विकास गर्न नसक्नुको प्रमुख कारण सामाजिक एकता नभएर हो । जातीय आधारमा गरिने विभेदहरुको अन्त्य आवश्यक छ ।’
मन्त्री विश्वकर्माले दलित मुक्तिको आन्दोलन सामाजिक न्याय र मानव अधिकारको आन्दोलन रहेको उल्लेख गरे । उनले दलित मुक्तिको आन्दोलनलाई समय सापेक्ष बनाउनुपर्ने औंल्याए । संघीय लोकतान्त्रिक व्यवस्थापमा संविधानत र कानूनत पर्याप्त उपलब्धीहरु हात लागेको बताउँदै ति संविधान र कानूनको कार्यान्वयन पक्षमा चुनौती रहेको उनको भनाई थियो ।
‘दलित जाति र समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन जरुरी छ,’ मन्त्री विश्वकर्माले भने, ‘दलित आन्दोलन समाज रुपान्तरणको पनि आन्दोलन हो । दलित मुक्ति आन्दोलनका विषयमा लेखिएका कितावहरु दस्तावेज बन्न सक्छन् ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य हितराज पाण्डे ‘उत्तम’ले संघीय लोकताान्त्रिक गणतन्त्रको मुलुकमा जातीय विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको बलिदानीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संभव भएको उल्लेख गरे । मुलुकलाई लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउन दलित समुदायको प्रमुख भूमिका रहेको उनको कथन थियो ।
गण्डकी प्रदेश मुख्यमन्त्रीका कानूनी सल्लाहकार गोविन्द नेपालीले समाजमा रहेको जातीय र सामाजिक विभेद कम्युनिष्टहरुले मात्र हटाउन सक्ने दावी गरे । उनले आफूहरु कम्युनिष्ट पार्टी र संगठनमा गोलबद्ध भएपनि आचरण र व्यवहारमा कम्युनिष्ट बन्न नसकेको गुनासो गरे । उनले सामाजिक रुपान्तरणका लागि संस्कार र जीवनमा परिवर्तन ल्याएर मात्र कम्युनिष्ट बन्न सक्ने धारणा राखे ।
वाम बुद्धिजीवी रामराज रेग्मीले पुस्तकको चर्चा परिचर्चा गरे ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१