पोखरा, २० वैशाख । आफू निकट पार्टी सत्तामा हुँदा आफ्ना निजी उद्देश्य पुरा गर्ने मनोवृत्तिबाट संचारकर्मी टाढा रहनु पर्ने कुरामा शुक्रवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रवार पत्रकार महासंघ कास्कीद्वारा आयोजित ुप्रेस स्वतन्त्रताको वर्तमान अवस्था हाम्रो अधिकार र जिम्मेवार ु बिषयक अन्तक्र्रियामा सहभागी वक्ताले उक्त कुरामा जोड दिएका हुन् ।
उक्त अवसरमा वोल्दै नेपाल वार एशोसिएसन केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले संचारकर्मीले व्यवसायिक पत्रकारितासँगै आफ्नो जिम्मेवारी पनि पुरा गर्नु पर्नेमा जोड दिए । आम नागरिकको हितमा पत्रकारिता हुनु पर्छ, उनले भने– नेपालमा अझै पनि छिटो र नौलो प्रस्तुतिको पत्रकारिता विकास हुन सकेको छैन ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रवीन्द्र वास्तोलाले समाचार लेखेकै आधारमा संचारकर्मीको हत्या , हिंसा, धरपकड र साइवर अपराधको नाउमा जेल हाल्नु गलत भएको बताउदै उक्त ऐनको खारेजी गर्नु पर्नेमा जोड दिए ।
अर्का पूर्व अध्यक्ष पुण्य पौडेलले अझैपनि संचारकर्मीहरु सुरक्षित नभएको र समाचार लेखेकै भरमा धरपकड गर्ने काम भइरहेको छ । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले लोकतान्त्रिक गणतन्त्रमा पनि संचारकर्मी माथि दुरव्यवहार र धरपकड हुनु विडम्वना भएको वताए । संचारकर्मीले अझैपनि श्रम अनुसारको ज्याला पाउन नसकेको उनले बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासंघ स्थापनाकालदेखि नै लोकतन्त्र, नागरिकका अधिकार, राष्ट्रियता र प्रेस स्वतन्त्रताको लागि खरो ढंगले उत्रने बताए । उक्त अवसरमा पोखराका संचारकर्मीले आफ्नो धारणा व्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१