पोखरा, १९ वैशाख। साभ नेपालको आयोजनामा पोखराका विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीलक्षित गरी मोटिभेसन सेमिनार गरिएको छ।
विभिन्न विद्यालयका पाँच सय विद्यार्थी सहभागी भएको सो कार्यक्रमका प्रमुख मोटिभेटरका रूपमा डा तारा जी रहेका थिए।
के पढ्ने, किन पढ्ने, कसरी पढ्ने, कस्ता साथी बनाउने, कस्तो बानीव्यहोरा अपनाउने लगायत महत्वपूर्ण विषयमा भएको सेमिनमार तुलसी प्रवास र उपेन्द्र पौडेलको प्रस्तुति रहेको थियो।
शैक्षिक सत्रको शुरुमा आयोजना गरिएको यस्तो सेमिनारले विद्यार्थीलाई पढाइप्रति प्रेरणा प्रदान गरेको र कार्यक्रम निकै फलदायी बनेको सहभागी विद्यार्थी तथा शिक्षकहरूले प्रतिक्रिया दिए।
साभ नेपालका अध्यक्ष तुलसी प्रवासले विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूलाई पनि यस्ता खाले सेमिनारमा सहभागी गराएर विद्यालय रूपान्तरणको अभियान शुरु गरेको बताए।
वर्तमान समयको शिक्षा क्षेत्रका विकृति, झ्याङ्गिँदै गएका सामाजिक समस्या, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुले झेलिरहेको मनोवैज्ञानिक समस्या र विद्यालयको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि जल्दाबल्दा विषयमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले संस्थाको उद्देश्य रहेको जनाइएको छ। साथै, साभ नेपालले यस्ता कार्यक्रम गरी बचत भएको रकमट विद्यालय शिक्षाबाट बञ्चित बालबालिकाका लागि सहयोग गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१