पोखरा, १८ वैशाख। पोखराको पृथ्वीचोकस्थित नीलकमल होटलमा मंगलबार साँझ ३ जना भारतीय बासका लागि आए।
भारतीय नम्बर प्लेटको गाडी लिएर साँझ ५ :५० बजे आएका उनीहरुले त्यही खाना खाएर र सो रात त्यही बिताए।
भोलिपल्ट होटलका रकम चुक्ता गर्नुपर्ने भो। तर आफूहरुसँग रकम नपुग नभएकोले एटीएमबाट निकाल्ने भन्दै काउन्टरमा जानकारी गराए। सो खबर होटल संचालक शालिकराम पौडेलसमक्ष पुग्यो।
आफूहरुसँग एसबीआई बैंकको एटीएम रहेको र पोखराको छोरेपाटनस्थित बैंकको एटीएमबाट रकम निकालेर चुक्ता गर्ने होटल संचालकलाई बताए।
छलफलपछि ती भारतीयले पत्यार नलागे होटल संचालक पौडेललाई नै आफ्नै गाडीमा जान र छोरेपाटनमा पुगेपछि रकम दिएर फिर्ता गर्ने भन्दै बुधबार बिहान ८ बजे गाडीमा बसाए।
भारतीयहरु चढी आएको बीआरवान सीडब्लु ५२७४ नम्बरको भारतीय नम्बर प्लेटमा जब छोरेपाटन कट्यो, उनीहरुले एक्कासी गाडीबाट होटल संचालक पौडेललाई भुइँमा खसाइदिए। र, गाडी बेगसँग स्याङ्जातिर हुइँक्याए।
घटनापछि पौडेलले सोको जानकारी प्रहरीसमक्ष गरेपछि छोरेपाटनस्थित प्रहरी चौकीको टोलीले सिद्धार्थ राजमार्गअन्तर्गत सडकखण्डको स्याङ्जाबाट तत्काल सो भारतीय नम्बर प्लेटको गाडीसहित तीन भारतीयलाई पक्राउ गर्न सफल भयो।
यता, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले अपत्यारिलो ढंगले भएको सो घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिए। प्रहरीले पक्राउ पर्ने ३ भारतीयको नाम भने गोप्य राखेको छ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१