पोखरा, १८ वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसर पारेर बुधवार विहान पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यवद्वता र्याली प्रदर्शन गरिएको छ ।
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि सञ्चालन गरेको दबाब अभियानको सन्दर्भ पारेर बैशाख १८ गते देशका सात वटै प्रदेशको राजधानी रहेका शहरमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा ऐक्यवद्धता र्याली प्रदर्शन गरेको हो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अगुवाईमा पोखराको चिप्लेढुंगा स्थित मानवअधिकार चोकबाट शुरु भएको ¥याली वीपी चोक, न्यूरोड हुदै पोखरा सभागृहमा पुगि सभामा परिणत भएको थियो ।
लोकतन्त्र र शान्तिका लागि मिडिया ः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन ू भन्ने नाराका साथ शुरु र्यालीमा सहभागी संचारकर्मीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हर्कत बन्द गर, पूर्ण प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा लेखिएका प्ले कार्ड लिएका थिए । कोण सभालाई नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभूवन पौडेलले सम्वोधन गरेका थिए ।
प्रत्येक वर्ष मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ । काठमाडौंमा नेपाल पत्रकार महासंघले बैशाख १८ गते विहान ७ः०० बजे बबरमहलस्थित जिल्ला अदालत अगाडि भेला भई नया“बानेश्वरसम्म ऐक्यवद्धता र्याली सम्पन्न गरेको छ ।
महासंघले पटकपटक सरकार र राजीतिक दललाई सञ्चार क्षेत्रका विषयमा उठाएका मुद्दाहरुमा सीमित विषयको सम्वोधन भए पनि धेरै मुद्दाहरू सम्बोधन हुन नसकिरहेको तथा पछिल्ला दिनमा पत्रकारहरुलाई समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको अपराध मुद्दा लगाएर थुन्ने र जेल हाल्ने जस्ता कार्य बढेपछि देशैभरीका संचारकर्मीहरु त्यसको बिरोधमा उत्रिएका छन् ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१