राष्ट्रव्यापी खुल्ला नृत्य प्रतियोगिता गरिने

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७६
maxresdefault

पोखरा, १७ वैशाख । नेपाली लोक स्रष्टा साधक तथा शील्पी स्वगीय कल्याण शेरचनको ७३ औ जन्म जयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठानले राष्ट्रव्यापी खुल्ला एकल लोक नृत्य गर्ने भएको छ ।

प्रतिष्ठानले आगामी श्रावण १२ गते नृत्य प्रतियोगिता गर्ने भएको हो । स्वर्गीय शेरचनको विधा लाके नृत्य समेत भएकाले आउदो जन्म जयन्तीमा लोक नृत्य प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्णवहादुर हेल्योल्मोले जानकारी दिए ।

प्रतियोगितामा सातै प्रदेशको सहभागिता रहने छ । महिला र पुरुष दुवै तर्फको नृत्य प्रतियोगिता हुने छ । पुरस्कारको राशि १५ हजारदेखि एक लाख रुपैयाँसम्मको रहेको छ । प्रतियोगिता सम्पन्न गर्न २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिउको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width