बैशाख १४, लेखनाथ । नेपाल कुमाल समाज सुधार समिति पोखरा– २७ रिठेपानीको बहुउद्देश्य भवनको उद्घाटन शनिवार सम्पन्न भएको छ ।
समाजले एक रोपनी क्षेत्रफल भित्रको जग्गामा करिव ३४ लाखको लागतमा सभाहल,दुई कोठा र शौचालय सहितको बहुउद्देश्य भवन निर्माण गरेको हो । उक्त भवनको उद्घाटन गर्दै नेपाल कुमाल समाज बुद्धिजीवी परिषद्का केन्द्रीय संयोजक सूर्यवहादुर कुमालले आफनो भाषा र सस्कृतिको संरक्षणका लागि सम्पुर्ण कुमाल समुदायहरु एक जुट भएर अगाडी वढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा केन्द्रीय जनजाती महासंघकी सचिव सुर्ति कुमालले आफनै मौलिक संस्कृतिको रक्षाका लागि कुमाल समुदायहरु संगठित भएर अगाडी वढ्नु पर्नेमा जोड दिएकी थिइन । कुमाल समाज कास्कीका अध्यक्ष मानेन्द्र कुमालले शिक्षा क्षेत्रमा कुमाल समुदायले देखाएको कम चासोका कारण आफूहरु पछि परेको प्रशङ्ग उठाउदै आफना वावु नानीहरुलाई पढाईमा ध्यानपूर्वक अगाडि वढाउनु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा नेपाल कुमाल समाज सुधार समिति गण्डकी प्रदेशका संयोजक राजन कुमाल, ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्राङगत बराल, वडा नं २७ का वडाअधयक्ष पूर्णकुमार गुरुङ, डा. लक्ष्य बहादुर कुमाल, कुमाल समाज भण्डारढीकका अध्यक्ष दानवहादुर कुमाल लगायतले सामाजिक उत्तरदायित्व बहन गर्दै अगाडि वढ्न सक्नु पर्नेमा जोड दिए । समाजका अध्यक्ष डिल्लीराम कुमालको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष बसन्ति कुमालले गरेकी थिईन ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१