राजविराज, १४ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा शनिवार भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४१२३ नंको ट्रकलाई सोही दिशाबाट आइरहेको ना५ख ७९३७ नंको बसले पछाडिबाट ठक्कर दिँदा उक्त बस अनियन्त्रित भई सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको चिया पसललाई भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
सो पसलमा चिया पिउन बसिरहेका सप्तरीको कञ्चनरुप नगरपालिका–८ बस्ने ६५ वर्षीय देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो दुर्घटनापछि बसमा सवार र चिया पसलमा बसिरहेका अन्य आठ घाइते भएकोे प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए।
घाइतेको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ भने चालक र ट्रक तथा बसलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइलले पैदलयात्रीलाई ठक्कर दिँदा अन्दाजी ७० वर्षीय छुतहरु दासको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नागरपालिका–३ स्थित पोर्ताहामा पनि मोटरसाइकल दुर्घटनमा परी शनिवार एकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को१ज ३५६२ नंको गाडीले सोही दिशातर्फ जाँदै गरेको को१५प ५५४५ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी हनुमाननगर कंकालिनी नागरपालिका–३ पोर्ताह बस्ने २२ वर्षीय शङ्कर पघैया यादवको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१