दमौली, १० वैशाख । पछिल्लो समय देशैभरी सडक दुर्घटना वढेको छ । विशेषगरी राजमार्ग र ग्रामीण सडकमा यस्ता दुर्घटनामा वृद्धि भइरहेका छन् । सोमबार मात्र तनहुँको दमौलीमा सडक दुर्घटनामा परी पोखरा भरतपाेखरीका ३१ बर्षीय सन्दिप कुँवरले ज्यान गुमाउनु परेको छ । विवाह गरेको पाँच दिनमा ति युवाले ज्यान गुमाएका छन् भने उनकी पत्नी गम्भीर अवस्थामा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी छन् ।
सोमवार राति सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् । ना५ख ५३३० नंको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् । दुर्घटना पछि बस चालक फरार छन् ।
घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, उनकी पत्नी ४८ वर्षीय कञ्चन मोहरिया, म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने ३० वर्षीय धनकुमार परियार, कपिलवस्तु नगरपालिका–९ बस्ने ३९ वर्षीय रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने ३६ वर्षीय हरिबहादुर छन्त्याल र सोही ठाउँका १० वर्षीय रवि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार बस सडकबाट पाँच फिट तल खसेको थियो । बसमा ४० यात्रु सवार रहेका थिए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१