पोखरा, ५ वैशाख। युनाईटेड क्लबले आफ्नो नवौ वार्षिकोत्सव अवसरमा कुँडहर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेलकुद पोशाक वितरण गरेको छ।
क्लबले आफ्नो सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यालयका ३० जना विद्यार्थीलाई खेलकुद पोशाक वितरण गरेको हो।
कार्यक्रममा कुँडहर आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष मैनाकुमारी गुरुङले सामाजिक काम मार्फत पोखरामा छुट्टै स्थान हासिल गर्न सफल क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामहरु गर्दै आइरहेको सन्दर्भमा विद्यार्थीलाई पोशाक वितरण गरेकोमा धन्यवाद दिइन्।
विद्यालय पोशाक वितरण कार्यक्रमका संयोजक तथा युनाईटेड क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले क्लबले स्थापनाकालदेखि नै पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको जानकारी दिए।
क्लबका अध्यक्ष लालकाजी गुरुङले क्लबले आगामी दिनहरुमा पनि सबैसँग सहकार्य गरेरै अगाडि बढ्ने बताए। उक्त कार्यक्रमको सञ्चालक क्लब महासचिव शान्तबहादुर थापाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१