पोखरा, ३० चैत ः सोह्रौ फेवा नव बर्ष महोत्सव अन्तर्गत शनिवार पोखराको लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा अमेरिकाका ब्रायन किन प्रथम भएका छन् । यसैगरी बेलायतका एलेक्स हक्कन द्वितीय भए भने क्यानडाका माइकर बेकरले तृतीय स्थान हासिल गरे ।
प्रतियोगिता अन्तर्गत महिलातर्फको छुट्टै मुल्यांकनमा बेलायतकी हाना कारस प्रथम, फ्रान्सकी भिओलेट लेफर दोश्रो र अमेरिकाकी सारा कोइनी तृतीय भए । प्रतियोगितामा विभिन्न देशका कूल ६६ पर्यटकले सहभागिता जनाएको प्रतियोगिता संयोजक अनिल सिंहले जानकारी दिए । पोखराको हल्लनचोक स्थित पिस प्लाजा होटल देखि रत्न मन्दिरको दक्षिणी गेटसम्म सहभागीहरु दौडिएका थिए ।
प्रतियोगितामा प्रथम हुनेले बुद्ध वा यति एयरको पोखरा–काठमाडौं उडान टिकट, मायाको चिनो, विजी वी क्याफेमा ककटेल डिनर र सिइङ हेण्ड्समा मसाजको सुविधा पाएका छन् । यसैगरी द्वितीय हुनेलाई अन्नपूर्ण वा पोखरा प्याराग्लाइडिङ कम्पनीबाट ३० मिनटको टेण्डम उडान सुविधा, मायाको चिनो, विजी बी क्याफेमा ककटेल डिनरको सुविधा र सिइङ हेण्ड्समा मसाजको सुविधा प्रदान गरियो । तृतीयका लागि भने पोखरा–काठमाडौं रुटमा ग्रिनलाइन टुर्सको टिकट, मायाको चिनो, सोही क्याफेमा ककटेल डिनर र उल्लेखित पार्लरमा मसाजको सुविधा व्यवस्था गरिएको थियो । प्रशंशापत्र सबै सहभागीका लागि प्रदान गरिएको थियो ।
आयोजक पश्चिमाञ्चल होटल संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले पोखरा प्रबद्र्धनमा पर्यटक दौड प्रतियोगिताले राम्रो प्रभाव छाड्दै आएको बताए । प्रतियोगिताका सहभागी र अन्य उपस्थित सबैलाई तुलाचनले धन्यवाद ज्ञापन गरेका थिए । पुरस्कार वितरण कार्यक्रम संघका महासचिव गणेशराज पहारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१