पोखरा, ३० चैत । पूर्व कर्मचारी सेवा परिषद् नेपाल कास्कीका संस्थापक, पूर्व अध्यक्ष कृष्णप्रसाद बरालले श्रीमतीको स्मृतिमा पुरस्कार स्थापना गरेका छन् ।
पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा परिषद्का सल्लाहकार समेत रहेका बरालले श्रीमती चन्द्रलक्ष्मी बरालको स्मृतिमा चन्द्रकृष्ण सामाजिक सेवा स्मृति पुरस्कार स्थापना गरेका हुन् । उनले अक्षयकोषका लागि १ लाख ५ सय ५ रुपैयाँ रकम परिषद्का अध्यक्ष कृष्णकान्त सिग्देललाई हस्तान्तरण गरे ।
पुरस्कार संस्थापक बरालले आफू स्थापनाकालदेखि विगत १७ वर्षसम्म संस्थामा पु¥याएको योगदानमा श्रीमतीको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै गण्डकी प्रदेशका जिल्लाहरुबाट प्रतिनिधित्व हुने गरी निष्कलंक र उच्च छवि भएका १ जना व्यक्तिलाई आवश्यक मापदण्डअनुसार मूल्यांकन गरी छनोट आधारमा पुरस्कृत गरिने बताए । कम्तिमा १० हजार रुपैयाँ राशिको हुने सो पुरस्कार वार्षिकरुपमा प्रदान गरिँदै जाने संस्थापक बरालले जानकारी दिए ।
यसैबीच, पूर्व कर्मचारी सेवा परिषद्, पूर्व राष्ट्र सेवक संगठन राष्ट्रिय समन्वय परिषद् कास्कीले आजीवन सदस्यबीच कविता प्रतियोगिता गरेको छ।
प्रतियोगितामा अनन्तराज लम्साल प्रथम, टीकाप्रसाद भण्डारी द्वितीय, छवि सुवेदी ‘विनयी’ तृतीय र प्रेमकुमारी कँडेल सान्त्वना भएका छन्। विजयी प्रतियोगीलाई क्रमशः चार हजार, दुई हजार, एक हजार र पाँच सय प्रदान गरिएको थियो।
त्यस अवसरमा चन्द्र–कृष्ण स्मृति सम्मान पुरस्कारका लागि संस्थापक कृष्णप्रसाद बरालले एक लाख पाँच हजार पाँच रुपैयाँको अक्षयकोषको चेक संस्थालाई हस्तान्तरण गरेका थिए।कार्यक्रममा नव वर्ष–२०७६ को शुभकामना आदानप्रदान पनि गरिएको थियो।
पूर्व कर्मचारी सेवा परिषद् कास्कीका अध्यक्ष कृष्णकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णु भण्डारी र संचालन महासचिव अनन्त लम्सालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री
नवलपुरमा २५ सय हेक्टर वन सखाप
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१