काँहू आधारभूतको स्वर्ण महोत्सव

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७५
khawu school photo_Fotor

पोखरा, २४ चैत। पोखरा–११ काहूँमा रहेको काहूँ आधारभूत विद्यालयले शनिबार स्वर्ण महोत्सव सम्पन्न भएको छ।

काहूँ भाषा पाठशालाको नामबाट वि.स.२०२५ सालमा स्थापना भएको सो विद्यालयले गत फागुन ७ गते ५० औं वार्षिकोत्सव मनाएको थियो। समापन कार्यक्रममा वोल्दै गण्डकी प्रदेश सभा सदस्य विन्दु कुमार थापाले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सके मर्ज गर्नुपर्ने अवस्था नहुने बताए।

वडा नं ११ का वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले नयाँ भर्ना हुने विद्यार्थीका लागि आवश्यक खर्च वडाले नै व्यहोर्ने जानकारी दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा छात्रा खुशी सुनार, स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक तीर्थबहादुर बस्नेत, सह संयोजक चित्रप्रसाद लामिछाने, पूर्व जिल्ला शिक्षा अधिकारी शंकर गौतम, कोन सामुदायिक सहकारी संस्थाका अध्यक्ष शरदकान्त सिग्देल लगायतले शुभकामना व्यक्त गरेका थिए।

सो अवसरमा विद्यालयद्वारा प्रकाशित स्वर्ण जयन्ती स्मारिकाको लोकार्पण साथै विद्यालय परिसरमा निर्मित सरस्वतीको मूर्ति सहितको स्मारक स्तम्भ प्रमुख अतिथि थापाले अनावरण गरेका थिए।

विद्यालयका प्रधानाध्यापक मनहरि आचार्यले सञ्चालन गरेको कार्यक्रममा विद्यालयका लागि सहयोगी भूमिका प्रदान गर्नुहुने अभिभावक, व्यवस्थापन समिति, पूर्व प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी, चन्दादाता एवम् संघ सस्थाहरुलाई सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width