वीरगञ्ज,२३ चैत । बारा र पर्साका हावाहुरी प्रभावितलाई अस्थायी टहरा निर्माणमा नेपाली सेना जुटेको छ ।
उद्दार र राहत वितरण सकिए लगतै नेपाली सेनाका जवानहरु त्रिपालको अस्थायी टहरा निर्माणमा जुटेका हुन् । वीरगञ्ज स्थित चण्डी प्रसाद गण अन्तरगत नेपाली सेनाका जवानहरुले पर्सा र बारा जिल्लामा गरी १ सय ५२ वटा त्रिपाल टाँगेका छन् ।
घरबारबिहीन परिवारलाई बस्न मिल्ने गरी सेनाले ९२ वटा पाल टाँगेका छन् । पर्सा जिल्लाको अति प्रभावित क्षेत्र जगरनाथपुरमा ४८, सुखचैनामा ३८, उदयपुरघुर्मीमा ४, बहुदरमाईमा १५ र ठोरीमा ३ वटा गरी ९२ वटा पाल टाँगिएको हो । परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा थप ६० वटा त्रिपाल टाँगिएको चण्डी प्रसाद गणका गणपति श्रीजन बहादुर मल्लले जानकारी दिए ।
हवाहुरीका कारण पर्सा जिल्लामा ५ सय ९ घरधुरी प्रभावित भएको तथ्याङ्क छ । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी भट्टराईको टोली ठोरी गाउँपालिकाको प्रभावित क्षेत्रको अवलोकनका लागि गएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१