सुनसरीमा गोली चल्यो

एजेन्सी
चैत्र २३, २०७५
pastol photo

सुनसरी, २३ चैत । सुनसरीको भोक्राहामा प्रहरी र स्थानीयबासी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन् ।

भोक्राहास्थित भारतीय सीमा नाकामा भारतबाट ल्याइएको सामान चेकजाँचमा विवाद भएपछि झडप भएको हो । प्रहरीका अनुसार भोक्राहा सीमा नाकामा प्रहरी इन्चार्ज चन्द्रकुमार शाक्यमाथि स्थानीयले हातपात गरेपछि प्रहरीले गोली चलाउदा स्थानीय ज्याउल अन्सारी घाइते भएका छन्। दुवै घाइतेको उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

स्थिति नियन्त्रणमा लिन अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। भारतमा निर्वाचन भएकाले स्थानीय प्रशासनले नेपाल–भारत सीमानामा रहेको नाकामा सुरक्षा व्यवस्था कडा पारेको छ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width