पोखरा १८ चैत्र । पब्लिकेशनले आफूखुशी पुस्तकको मूल्य निर्धारण गर्न नपाएपछि विद्यार्थीका अभिभावकले यसअघिका बर्षमा पाउदै आएको छुट नपाउनु भएका छन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीले नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले कितावको मूल्यमा मापदण्ड तोकेको र त्यही मापदण्ड पुरा गरेका पुस्तक बिक्री गर्दा छुट दिन नसकिने बताएका हुन् ।
मूल्य निर्धारण समितिमार्फत रंगीन किताबको प्रतिपेज १ रुपैयाँ ४५ पैसा, दुई कलर मिसिएको १ रुपैयाँ २५ पैसा र एक कलरको १ रुपैयाँ १० पैसा मूल्य निर्धारण गरेकै कारण छुट दिनसक्ने अवस्था छैन, भण्डारीले भने – देशभरका पुस्तक व्यवसायीले नयाँ शैक्षिक सत्रसँगै पुस्तकमा छुट नदिने निर्णय गरेको कास्कीले पनि उक्त निर्णय कायाृन्वयन गर्छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष मोहनप्रसाद सापकोटाले किताब छाप्ने कागजको मूल्यमा वृद्धि र थोक बिक्रेताले कमिसन घटाएको भन्दै व्यवसायीले छुट नदिने निर्णय गरेको बताए ।
शैक्षिक सामग्री बेच्ने गरेकोमा नेपाल सरकारको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ अनुसार कुनै पनि विद्यालयले विद्यालय हाताबाटै पुस्तक, स्टेशनरी तथा अन्य वस्तुहरु बेचबिखन गर्न बन्देज गरेको छ । निर्देशिकाको परिच्छेद ४ को दफा ४ को उपदफा ४.४.६ मा विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेशनरी खरिद विक्री गर्न नपाउने उल्लेख गरेको हँुदा विद्यालय परिसरबाट विद्यार्थी र अभिभावकलाई पुस्तक किन्न बाध्य नपार्न समेत सापकोटाले आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१