लोकगायक गन्धर्व पुरस्कृत

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७५
Ali Miya_Fotor

लोकसंगीत क्षेत्रमा सातदशक भन्दा बढी योगदान पुर्याएका खिमबहादुर गन्धर्वलाई हरिदेवी कोइराला संगीत सम्मान राष्ट्रिय पुरस्कार २०७५ प्रदान गर्दै संस्थाका संरक्षक हरिदेवी कोइराला, कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोला, गायिका बाबा राणा र अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ। तस्वीरः श्यामलाल श्रेष्ठ

हरिदेवी कोइराला संगीत सम्मान राष्ट्रिय पुरस्कार–२०७५ बाट अग्रज लोकगायक खिमबहादुर गन्धर्व सम्मानित भएका छन्।

हरिदेवी कोइराला साहित्य संगीत सम्मानकोष पोखराले आइतबार एक समारोहबीच नगद १५ हजार राशिसहित सम्मान पत्र र दोसल्ला प्रदान गरी गन्धर्वलाई सम्मान गरेको हो। कोषका संरक्षक हरिदेवी कोइराला, गायिका बाबा राणा, कोषका अध्यक्ष कृष्णप्रसाद बास्तोला र अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले संयुक्त रुपमा सम्मान अर्पण गरेका थिए।

त्यस अघि साहित्यकार ताराप्रसाद तिमिल्सिनाले सम्मानित प्रतिभाको परिचय प्रस्तुत गर्दै सात वर्षको उमेरदेखि सारङ्गी बजाउन सुरु गरेका गन्धर्वको नेपाली लोक संगीत क्षेत्रमा सात दशक लामो योगदान रहेको उल्लेख गरे।

Related News

सम्बन्धित समाचार

hero news full width