कञ्चनपुर, १६ चैत । बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको शनिवार राधा नदीमा डुबेर मृत्यु भएको छ । नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।
महिला छारे रोगबाट पीडित रहेकाले लुगा धुने क्रममा डुबेपछि उठन नसक्दा मृत्यु भएको हुनसक्ने अवस्थीले बताए । गत वर्षको पुसमा छोराको विवाह गरेको जानकारी दिँदै महिलाका ससुरा भजौरा रानाले बताए । “गर्भवती थिइन् छारे रोग(मृगि)को औषधि सेवन गर्दै आएकी थिइन् ।”
स्थानीयवासीले बुहारी डुबेको खबर गरेपछि नदीमा पुग्दा मृत्यु भइसकेको अवस्थामा फेला पारेको उनले बताए । मृतक महिलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१