सहकारीलाई उत्पादन र रोजगारीसंग जोडौ– सभामुख श्रेष्ठ

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७५
hppp

मकवानपुर, १६ चैत । प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले राज्यले लिएको समृद्धिको यात्रालाई सफल पार्न सहकारी क्षेत्रलाई उत्पादन र रोजगारी बढाउनका लागि केन्द्रीत गराउनु पर्नेमा जोड दिएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ३ को आयोजना एवं प्रदेश सभाका्े शिक्षा, स्वास्थ्य तथा कृषि समिति र राष्ट्रिय सहकारी बैंक लिमिटेडको सह–आयोजनामा हेटौडामा आयोजित कार्यशालाको उद्घाटन पछि बोल्दै उनले यस्तो जोड दिएका हुन् ।

सहकारीले शिक्षा, स्वास्थ्य, उद्योग, पयटन, यातायात, सञ्चार, कृषि, बन पैदावार लगायतका बृहत क्षेत्रमा काम गर्न सक्ने भएकाले यसमार्फत रोजगारी सिर्जनाका लागि सहकारी क्षेत्र बढी प्रभावकारी हुने उनको भनाइ छ ।

देशभर करिव ३५ हजार सहकारीको तथ्यांक छ, यदि एउटा सहकारीले १ सय जनालाई रोजगारी दिन सक्यो भने ३५ लाखले एकै पटक रोजगारी पाउन सक्ने भएकाले सहकारी र राज्य मिलेर यसमा लाग्नु पर्नेमा उनको जोड छ ।

उपसभामुख राधिका तामाङले सरकार र सहकारी अभियान मिलेर समृद्धिको यात्रालाई सफल पार्नु पर्नेम जोड दिइन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सहकारीमार्फत सबै क्षेत्रमा लगानी गर्ने खालको नीति निर्माणका लागि प्रदेश सरकार लागेको बताए । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width