पोखरा, १५ चैत । बाग्लुङको काठेखोला गाउँपालिका–८ लेखानी कुर्लीमारेको भित्री सडकखण्ड फराकिलो पार्ने क्रममा शुक्रवार सडकमाथिबाट सुख्खा पहिरो खस्दा नेपाली सेनाका तीन जवान घाइते भएका छन् ।
स्थानीयले सहयोग मागेपछि सोही गाँउपालिका—५ मा रहेको नेपाली सेनाको अर्जुनबार्ण गण घोडाबाँधेबाट २० जनाको टोली सडक फराकिलो पार्न त्यहाँ पुगेको थियो । विहान ९.०० वजे सडक फराकिलो पार्ने क्रममा सडकमाथिबाट खसेको सुख्खा पहिरो खसेर पुर्दा नेपाली सेनाका तीन जना जवान घाइते भएका हुन् ।
पहिरोमा परी घाइते तीन सेनालाई अञ्चल अस्पताल बाग्लुङमा उपचारका लागि ल्यायएको भएपनि थप उपचारका लागि पहलमान श्रेष्ठ र सन्तोष कार्कीलाई काठमाण्डौ स्थित वीरेन्द्र सैनिक अस्पताल पठाइएको जानकारी अर्जुनवाण गणका प्रमुख सेनानी भुवनराज देवकोटाले बताए । सामान्य घाइते एक जवानको भने धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१