मनोहर क्लबको ७ औं अधिवेशन

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७५

पोखरा, १४ चैत । पोखरा महानगरपालिका वडा नं. १४ स्थित मनकामना टोलमा स्थापित मनोहर युवा क्लबको ७ औं अधिवेशन तथा १७ साधारण सभा हुने भएको छ ।

क्लबले अधिवेशनसँगै मनकामना टोलमा नै निर्माण गरेको मनोहर पार्कको पनि उद्घाटन गर्ने क्लबका सचिव रविकिरण पराजुलीले जनाएका छन् ।

अधिवेशनको उद्घाटन संघीय प्रतिनिधि सभा सदस्य एवं वरिष्ठ उद्योगपति, समाजसेवी सूर्यबहादुर के.सी.ले गर्ने भएका छन् ।
अधिवेशनको अवसर पारेर क्लबको खेलकुद क्षेत्र, क्लबले निर्माण गरेको मनोहर पार्कमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्ने जनाएको छ भने अर्काेतर्फ क्लबले पोखरामा रहेर विभिन्न विधाको माध्यमबाट समग्र विकासमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई समेत विशेष सम्मान गर्ने भएको छ ।

विशेष सम्मान अन्तर्गत शिक्षा तर्फ पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख शिक्षाविद् जर्ज जोन, पत्रकारितातर्फ आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला, खेलकुदतर्फ पूर्व महिला राष्ट्रिय फुटवल खेलाडी सीता गुरुङलाई सम्मान गरिने क्लबका अध्यक्ष रामजी जि.सी.ले बताए ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width