जेष्ठ नागरिक मिलनलाई सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७५
55211308_433500494090646_3596118491364589568_n

पोखरा, १४ चैत । रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई विभिन्न सहयोगदाताहरुले नगद तथा विभिन्न सामाग्रीहरु सहयोग गरेका छन् ।

बुधबार केन्द्रमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका आजीवन सदस्य रामशोभा थापाबाट नगद ५ हजार रुपैयाँ, गौरिमान श्रेष्ठबाट ठुलो कराई र जाझर, रुपा गुरुङबाट ५ लिटरको प्रेसर कुकर र संस्थाका अध्यक्ष क्या. थमन थापा बाट १० लिटरको चिया थर्मस प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष क्या.थमन थापाले स्थापना भएको समयमा संस्थालाई देशविदेश र रामबजार १०,१५ वासीबाट भौतिक नैतिक र आर्थिक सहयोग जुटी रहेको बताउँदै सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रमको संचालन सचिव ज्ञान बहादुर थापाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै