गलकोट, १३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।
धवलागिरि अञ्चल अस्पताल बागलुङको आज अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने बताए ।
उनले हरेक संस्था सबल हुनका लागि व्यवस्थापन, जनशक्ति, संरचना र स्रोत आवश्यक पर्ने भन्दै सबैलाई मिलाएर लैजान सकेमा मात्र निश्चित उद्देश्य प्राप्त हुने बताए । मुख्यमन्त्री गुरुङले अस्पतालका सबै विभागको अवलोकनपछि अरुले भनेर सहयोग गर्नुभन्दा आफूले देखेर अनुभवका आधारमा सहयोग गर्दा सहयोगको सही सदुपयोग हुने भएकाले अस्पतालको अनुगमन गर्न आएको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष केबी रानामगरले अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति तथा भौतिक सुधारका लागि सहयोग गर्न मुख्यमन्त्री गुरुङलाई आग्रह गरेका हुन् । विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीले गुनासो गर्दै आएका थिए ।
सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल सात विशेषज्ञ र १५ मेडिकल अधिकृत गरी २२ चिकित्सकले सेवा प्रदान गर्दा बिरामीलाई राहत भएको अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले बताए । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायतका सुविधासमेत प्रदान गर्न थालिएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१