नवलपरासी, ११ चैत्र । सरकारले विप्लप नेतृत्वका नेकपालाई प्रतिबन्ध लगाएपछि नवलपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
८ वटा स्थानीय तह रहेको नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर जिल्लामा अधिकांश स्थानीय तहका साथै सरकारी कार्यालयहरुमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
नवलपुरमा स्थानीय तहका जनप्रतिनिधिहरुमा चन्दा र राजिनामा जस्ता खबरहरुले चर्चा पाइरहेको बेला ती स्थानीय तहहरुमा समेत सुरक्षा व्यवस्था मजबुद पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक एवम् सुचना अधिकारी अर्जुन रानाभाटले सोमबार विहान कार्यालयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।उनले भने – निगरानी बढाएका छौं । हाइ एलर्टमा राखिएको छ । कुनै गतिविधि भएको जानकारी छैन । तथापि हामीले पहाडी क्षेत्रका प्रहरीहरुलाई पनि पहाडी क्षेत्रमा रहेका सरकारी कार्यालयहरुमा गस्ती बढाउन निर्देशन दिएका छौैं ।
उनले सादा पोशाकमा पनि प्रहरी ठाउँठाउँमा परिचालन गरिएको र विप्लव समूहका गतिविधिलाई मसिनो ढंगले निगरानी राखिएको बताए ।भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले विप्वल समूहको नाममा चन्दा तथा जनप्रतिनिधिको राजिनामा माग गरेको बारे त्यस्तो सूचना आफूलाई नभएको बताए ।
उनले विप्लव समूहको गतिविधिलाई सुक्ष्म रुपले अनुगमन गरिएको र कही कतै बलजफ्ती चन्दा माग्ने, धम्काउने गरेको पाइए तुरन्त कारवाही गरिने बताए ।सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै ग्रामिण क्षेत्रमा रहेका सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरुमा त्रास भने बढेको छ ।
Related News
सम्बन्धित समाचार
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१