म्याग्दी, ९ चैत । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा महिलाको नेतृत्वमा पदमार्ग निर्माण गरिएको छ । महिलाले नाचगान गरेर जुटाएको पैसा परिचालन र श्रमदान जुटाएर पदमार्ग बनाएका हुन् ।
जनजागृति आमा समूहको नेतृत्वमा दोसल्ले गाउँभरि ढुङ्गाको सिढीसहितको पदमार्ग निर्माण गरिएको छ । करीब १० लाखको लगानीमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको समूहकी सदस्य मायादेवी पाइजाले बताइन् । उनका अनुसार डेढ मिटर चौडाइ भएको पदमार्ग निर्माणमा नौ लाख ६३ हजार ८७० खर्च भएको छ । पदमार्ग निर्माण उपभोक्ता समितिमा पदाधीकारी र सदस्य सबै महिला छनु
गाउँपालिकाले एक लाख ९८ हजार अनुदान उपलब्ध गराएको पदमार्ग बनाउन आमा समूहको कोषमा रहेको तीन लाख ५८ हजार ९३० र चन्दाबाट थप तीन लाख ६० हजार ४४० जुटाइएको छ । ४३ घरधुरीले ४६ हजार ५०० बराबरको श्रमदान गरेका छन् । गाउँमा आउने लाहुरेलाई स्वागत, किरिया, विवाह, छेवारमा नृत्य देखाएर कोषमा जम्मा गरेको पैसा खर्चेर बाटो बनाएको पाइजाले बताइन् । आर्थिक स्रोत र श्रमदान जुटाउन महिलाले नै नेतृत्व गरेका थिए ।
उनीहरुले यसअघि पनि रघुगङ्गा गाउँपालिकाको तिप्ल्याङदेखि दोसल्लेसम्म दुई किलोमिटरभन्दा बढी घोडेटो बाटो बनाएका थिए । सिँढीसहितको पदमार्ग बनेपछि भिरालो बाटोमा चिप्लिएर लड्ने, दुर्घटना हुने जोखिम घटेको छ । बालबालिका र वृद्धवृद्धाले पनि सजिलै हिँड्डुल गर्न पाएका छन् ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१