नेपालकै लामो पुल शिलान्यास

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७५
images

बागलुङ, ९ चैत । झोलुङ्गे पुलको धनी जिल्ला मानिने बागलुङ सदरमुकाम र पर्वत जिल्लाको पाङ जोड्ने नेपालकै सबैभन्दा लामो झोलुङ्गेपुल निर्माण हुने भएको छ ।

कालिगण्डकी माथि वन्न लागेको उक्त झोलुङ्गे पुलको एक कार्यक्रम बीच राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शनिवार शिलान्यास गरेका छन् ।

बागलुङ र पर्वत जोड्ने नेपाल कै सबैभन्दा लामो पुल बनाउन आफुले महत्वपूर्ण भूमिका निभाएको अध्यक्ष तिमिल्सिनाले बताए । नेपालमा प्रबिधि नभएको बेला बिदेशबाट नयाँ प्रविधि ल्याएर काम गर्ने जुन उत्साह आएको छ, उनले भने –निर्माण ब्यबसायीलाई सबैले काम गर्ने वातावरण मिलाईदिन उनले आग्रह गरे ।

प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायत कसैले पनि निर्माण व्यवसायीसँग चन्दा माग्ने गाडीमा तेल राखिदिनु प¥यो भनेर माग्ने काम नगर्न समेत उनले निर्देशन दिएका छन् । ५६७ मिटर लामो पुल निर्माण गर्न सस्पेन्सन पुल बिभाग मार्फत भएको बोलपत्र अनुसार कामको जिम्मेवारी थानी रबिएलटि रहिमशिखर जेभी निर्माण कम्पनीले संयुक्तरूपमा पाएपछि काम अगाडि बढेको बागलुङ नगरपालिकाले जनाएको छ ।

६ करोड ९१ लाख रूपैयाँ लागतमा निर्माण हुने पुल २०७७ साल असार मसान्तसम्ममा सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।नेपालमा अहिलेसम्म धेरै पुलहरू निर्माण भए पनि ३ सय ६० मिटर भन्दा लामो बनेको छैन ।सस्पेण्डेड पुल पहिलोपटक बागलुङ र पर्वत जोड्ने गरि बन्न लागेको हो ।

यो पुल एशियामा नै पहिलो पुल भएको सस्पेन्सन पुल बिभागका इन्जिनियर टोप बहादुर बानियाँले बताए ।चीन बाट लठ्ठा तान्ने बिइन्च मेशीन खरिदको प्रक्रिया अर्थ मन्त्रालय मार्फत अगाडि बढाइएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १ सहिद पार्क र कुश्मा नगरपालिका वडा नम्बर १ पाङ अदुवावारी जोड्नेगरी निर्माण गरिएको पुल ५६७ मिटर लामो र १६० मिटर अग्लो हुनेछ ।

२०५९ सालदेखि नै बागलुङ र पर्वतको पाङ जोड्ने पुल निर्माणकार्यको लागि पटकपटक प्रयास भए पनि पुल लामो दुरीको भएको कारण लठ्ठा तान्ने प्रविधि नेपालमा नभएका कारण रोकिन पुगेको थियो ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका–७ को पर्यटकीय गाउँ लान्द्रुकमा यस वर्ष पनि हनी हन्टिङ महोत्सव हुने भएको छ । आगामी ८…
  • दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    स्याङ्जा । सडक अनुशासनको पालना तथा सवारी दुर्घटना न्यूनीकरणका मंगलबारदेखि स्याङ्जामा ‘ट्राफिक सप्ताह’ सुरु गरिएको छ । जिल्ला प्रहरी र…
  • राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा। पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं…
  • रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    लेखनाथ ।  पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले समुदायवाट संचालीत विद्यालय हाम्रा भएकाले हामीले नै वनाउनु पर्नेमा जोड दिएका छन् ।…

hero news full width