काठमाडौँ, ८ चैत । २१ औँ शताब्दीमा पनि राउटे जाति जङ्गलमा रहेको अवस्थामा उनीहरुलाई सामाजिक जीवनमा ल्याउन सरकार र गैरसरकारी संस्थाबीच समन्वय आवश्यक भएको शुक्रवार आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानद्वारा आयोजित ‘आदर्श दम्पती तथा युवा सम्मान’कार्यक्रमका सहभागी वक्ताले यस्तो जोड दिएका हुन् ।
मुलुकमा ठूलो राजनीतिक परिवर्तन भए पनि आर्थिक र सांस्कृतिक रुपान्तरण हुन नसकेकाले कम्युनिष्ट नेतृत्वको सरकारले सामाजिक रुपान्तरण गर्ने विश्वासका साथ जनताले दुई तिहाइको सरकार गठन गरेको विचार धारणा उर्जामन्त्री बर्षामान पुनले बताए ।
विविधताले भरिएको मुलुकमा समाज विकासमा दाम्पत्य जीवन महत्वपूर्ण हुने बताउँदै उनले “स्वजातीय तथा अन्तर्जातीय विवाह अहिले प्रचलनमा छ, समाजलाई अग्रगतितर्फ लैजान अन्तर्जातीय विवाहको महत्व छ ।” पार्टीका नेता वामदेव गौतमले जनताले अहिले अग्रगति र प्रगतिको अपेक्षा गरे पनि त्यसतर्फ सरकार अगाडि बढ्न नसकेको भनी चिन्ता व्यक्त गरे ।
नेकपाकी नेत्री अष्टलक्ष्मी शाक्यले राउटे जाति लोपोन्मुख बन्दै गएकाले यस्ता सिमान्तकृत वर्गको संरक्षणका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिइन् । प्रतिष्ठानका संरक्षक भद्राकुमारी घलेले निःस्वार्थ भावनाले गरिने समाजसेवाका माध्यमबाट राष्ट्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले कर्णाली र सुदूरपश्चिमका विभिन्न जङ्गलमा बस्दै आएका राउटेलाई सामान्य जीवनमा फर्काउन आफ्नो संस्थाले व्यावसायिक सीप र तालिम उपलब्ध गराउँदै आएको जानकारी दिएकी छन् ।
उक्त कार्यक्रममा आदर्श दम्पतीका रुपमा गौतम र तुलसी थापा, अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, वर्षमान पुन र ओनसरी घर्ती तथा मदन सत्याल र नर्मदेश्वरी सत्याललाई सम्मान गरिएको थियो । त्यसैगरी डा शेखर गुरुङ, डा अनिलकुमार भट्टराई, डा सरोज कार्की, डा सुनिलकुमार पोखरेललगायतलाई युवा सम्मान प्रदान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१