पूर्व प्रधानमन्त्री कोइरालाको नवौं स्मृति दिवस

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७५
54415283_1994035847312600_3039538541378928640_n_Fotor

पोखरा, ७ चैत। नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसमा बटुकहरुलाई भोजन गराइएको छ।

जीपी कोइराला फाउण्डेशन कास्कीले पोखरा – १८ स्थित पोखरा चिसाखोला वेदविद्याश्रमका बटुकहरुलाई भोजन गराएको हो।

कार्यक्रममा जीपी कोइराला फाउण्डेशन गण्डकी संयोजक शारदा पौडेल, सहसंयोजक राजेन्द्रनिधि कोइराला, अग्निहोत्री वेद गुरु पण्डित केदारनाथ उपाध्याय तिमिल्सिना, फाउण्डेशनका सल्लाहकार रामनाथ तिमिल्सिना, दीपेन्द्र पराजुली, काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति विजय आचार्य, पोखरा – १८ का इकाइ सभापति शिवप्रसाद तिमिल्सिना, नेपाल शिक्षक संघ कास्कीका सचिव राजु क्षेत्री, विद्याश्रमका प्राचार्य श्रीराम तिमिल्सिना लगायतले स्व.कोइरालाले नेपाली राजनीतिमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए।

फाउण्डेशन कास्की अध्यक्ष यादवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव मोतिराज तिमिल्सिनाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width