पोखरा विश्वविद्यालयले अस्पताल बनाउने

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७५
pu hospital

लेखनाथ ७, चैत । पोखरा विश्वविद्यालयले केन्द्रीय कार्यालय हाता भित्र रहेको जग्गामा एक सय ५० शैयाको अस्पताल निर्माण हुने भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी प्रसाद शर्माले विहिवार एक कार्यक्रमका विच पोखरा ३० को खुदीमा प्रस्तवित अस्पतालको शीलान्यास गरेका हुन् ।

पोखरा विश्वविद्यालयको आफनै अस्पताल नहुँदा विद्यार्थीले प्रयोगात्मक कक्षा लिन कठिनाइ भइरहेको अवस्थामा अस्पतालको शीलन्यास भएको हो । उपकुलपति शर्माले अस्पताल नहुँदा पारामेडिकल कोर्षको प्रयोगात्मक अभ्यास गर्न अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो । यसबाट विद्यालय र विद्यार्थी दुवैलाई गाह्रो र खर्चिलो पनि भइरहेको थियो । विश्वविद्यालयको आफनै अस्पताल बनेपछि सबैलाई सहज हुने उनले बताए ।

कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले मेडिकल कलेज नभई विद्यार्थीलाई इन्टन्सीप गराउनका लागि मात्रै बनाउन लागिएको जानकारी दिदै विश्वविद्यालयले आफनै मेडिकल बनाउने सोचि पहिला देखि नै अगाडी सारेका थियो । त्यसका लागि अनुमति पनि पाइसकेका छौं, तर त्यसका लागि हामीले अझै पनि उपयुक्त जग्गा पाइराखेका छैनौं उनको भनाई रहेको थियो ।

स्वतन्त्र विद्यार्थी युनियन पोविले अस्पताल शिलान्यासको स्वागत गरेको छ। सभापति सुनिल तिमिल्सिनाले स्ववियुको चर्को दवाव र अनसन सफल भएको दावी गरे। अस्पताल वनेपछि पारामेडिकलका विद्यार्थीले प्रयोगात्मक कक्षाका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल, हिमालयन आँखा अस्पताल लगायतका अस्पतालमा जान नपर्ने भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width