काठमाडौ, ४ चैत । नेकपा भित्र ७७ वटै जिल्लाको नेतृत्व कुन समूहलाई दिने बारेमा लगभग टुंगो लागिसकेको छ । तर यसलाई अन्तिमरुप दिनै लाग्दा पार्टी अध्यक्ष प्रचण्डको विदेश भ्रमणले दुई हप्ताको लागि एकता प्रक्रिया रोकिदिएको छ ।
नेकपा उच्च स्रोतका अनुसार पूर्वएमाले समूहबाट करिब ४५ जिल्लामा नेतृत्व लिने र बाँकी ३२ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व लिने गरी एकता प्रस्ताव आएको छ । अध्यक्ष केपी ओलीबाट आएको उक्त प्रस्तावमा असन्तुष्ट बन्दै आएका माधव नेपाल समूहले समेत सहमति जनाएको बताइएको छ ।
कुन जिल्लामा कसरी हुँदैछ बाँडफाँड ?
प्रदेश १ र ४ का केही जिल्लामा पूर्वएमाले र पूर्वमाओवादी दुबैको दाबी कायम रहेकाले टुंगो लाग्न बाँकी रहेको नेकपा स्रोतले जानकारी दिएको छ । प्रदेश १ मा पूर्वमाओवादीले १४ मध्ये कम्तिमा ५ जिल्लाको नेतृत्व दाबी गरेको छ । पूर्वएमाले पक्षले ४ जिल्लाको नेतृत्व दिन सकिने बताइरहेको छ ।
ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ र भोजपुरमा एमालेको नेतृत्व कायम हुने सहमति भइसकेको छ । तर, संखुवासभा, सुनसरी, ओखलढुंगा, सोलुखुम्बु र उदयपुरका कारण विवाद छ ।
प्रदेश २ मा पूर्वएमाले र पूर्वमाओवादीले चारचार जिल्लाको नेतृत्व पाउने सहमति भए पनि कुन जिल्ला कसले पाउने भन्ने अन्तिम टुंगो अध्यक्ष र महासचिवले नै लगाउने छन् । स्रोतका अनुसार पूर्वएमालेले धनुषा, सर्लाही, बारा र पर्सा तथा पूर्वमाओवादीले सप्तरी, सिराहा, महोत्तरी र रौतहटको नेतृत्व पाउने सम्भावना छ ।
प्रदेश ३ मा यसअघि नै कार्यदलले जिल्लाको भागबण्डा टुंगो लगाइसकेको छ । जसअनुसार पूर्वएमालेले मकवानपुर, धादिङ, रसुवा, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटीको नेतृत्व पाउने सहमति भएको छ ।
त्यस्तै पूर्वमाओवादीले चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र युवा विद्यार्थी एवं मजदूर विशेष जिल्ला कमिटीको नेतृत्व पाउने सहमति भएको छ । यद्यपि काभ्रे र रसुवा साटफेर हुने सम्भावना छ ।
गण्डकी प्रदेशमा कार्यदलले सिफारिस गर्न नसकेकाले नेताहरु छलफलमै छन् । स्रोतका अनुसार पूर्वएमालेले कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी र मुस्ताङको नेतृत्व पाउनेबारे छलफल भइरहेको छ । पूर्वमाओवादीले लम्जुङ, मनाङ, बागलुङ र नवलपुरको नेतृत्व पाउने सम्भावना छ ।
प्रदेश ५ मा भने पूर्वएमालेभित्र तीब्र विवाद छ । यद्यपि पूर्वएमाले र पूर्वमाओवादीबीच जिल्ला बाँडफाँड भने भइसकेको छ । पूर्वएमालेले रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलबस्तु, प्युठान र दाङको नेतृत्व पाउने समझदारी भएको छ । पूर्वमाओवादीले परासी, बाँके, बर्दिया, रोल्पा र पूर्वी रुकुमको नेतृत्व पाउनेछ ।
त्यस्तै कर्णाली प्रदेशका १० जिल्लामध्ये एमाले र माओवादीले पाँचपाँच जिल्लाको नेतृत्व पाउने समझदारी भएको छ । तर, मुगु र कालीकोटका बारेमा छलफल भइरहेको छ ।
पूर्वएमालेले दैलेख, सुर्खेत, डोल्पा र जुम्लाको नेतृत्व पाउने सहमति भएको छ । त्यस्तै पूर्वमाओवादीले जाजरकोट, सल्यान, हुम्ला र पश्चिम रुकुमको नेतृत्व पाउने सहमति भएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये एमालेले ५ वटा कैलाली, बैतडी, अछाम, बाजुरा र डोटीको नेतृत्व पाउने सहमति भएको छ । त्यस्तै पूर्वमाओवादीले कञ्चनपुर, डडेलधुरा, दार्चुला र बझाङको नेतृत्व पाउने समझदारी भएको छ ।
जिल्ला बाँडफाँड लगभग टुंगिएकाले अब केही व्यक्तिका नाम मात्रै टुंगो लगाउन बाँकी रहेको स्रोतले जनाएको छ ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब अध्यक्ष प्रचण्ड अमेरिकारबाट फर्किएपछि एकता प्रक्रिया टुंगो लाग्ने बताए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१