ङ्योए तमु धिं लेखनाथमा एम्बुलेन्स

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७५
Ambulance

लेखनाथ, ३ चैत। कास्कीको साविक लेखनाथ नगर क्षेत्रलाई कार्यक्षेत्र बनाएर ङ्योए तमु धिं लेखनाथले एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ।

भारतीय राजदुतावासको सहयोगमा प्राप्त एम्वुलेन्सबाट पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका आठवटा वडाका जनतालाई सेवा दिने उदेश्यले एम्वुलेन्स संचालन गर्न लागिएको हो।

ङ्योए तमु धिं लेखनाथ कास्कीको लागि प्राप्त एम्बुलेन्सबाट यस क्षेत्रका जनतालाई सर्वसुलभ रूपमा सेवा प्रदान गरिने समितिका महासचिव सुवेदार मेघबहादुर गुरुङले जानकारी दिए। ङ्योए तमु धिं लेखनाथमा रहने एम्वुलेन्सका लागि ९८४६०३१६३३ मा सम्पर्क गरी सेवा लिन सकिने बताईएको छ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width