तेक्वान्दो संघको साधारण सभा

एजेन्सी
चैत्र ४, २०७५
taekwondo_Fotor

पोखरा, ३ चैत। कास्की जिल्ला तेक्वान्दो संघको ११ औं साधारण सभा पोखरामा शनिबार सम्पन भएको छ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष यम गुरुङले सो सभाको उद्घाटन गर्दै पोखरालाई खेलकुदको राजधानीका रूपमा विकास गर्ने भौतिक पूर्वाधार विकास भइरहेको बताए।

उनले तेक्वान्दो संघलाई आवश्यक पर्ने जग्गा रंगशालाभित्र उपलब्ध गराउन पहल गर्ने बताए। उनले खेलाडीलाई राज्यले उचित सेवा दिन नसकेको स्वीकार गरे।

संस्थाका अध्यक्ष जगन गुरुङले पोखरामा अन्तराष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता र तेक्वान्दो फेस्टिवल गर्ने सोच भएकोले समग्र पोख्रेलीको सहयोगको अपेक्षा गरे।

तेक्वान्दो संघ गण्डकी प्रदेशका महासचिव रमेश पौडेलले खेलकुदको विकासका लागि विद्यालय तहदेखि नै खेलकुदका गतिविधिलाई बढाउनुपर्ने बताए।

सल्लाहकार रतन गुरुङले प्रादेशिक संरचनामा गण्डकी प्रदेशले तेक्वान्डोको क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गरे।

साधारणसभामा सचिव ललितबहादुर धामी र कोषाध्यक्ष कुमार गुरुङको प्रतिवेदन प्रस्तुत गरेका थिए।

तेक्वान्दो संघले जुनियर खेलाडीको वेल्ट टेष्ट, ३९ औं ब्याज दोश्रो डान र ४१ औं ब्याज प्रथम डान ब्ल्याक वेल्ट तेक्वान्दो खेलाडीको वेल्ट टेष्ट सम्पन गरेको छ।

संघले तेक्वान्दो निर्णायक सेमिनार र रेफ्रिेसर कोर्ष सञ्चानन तयारी गरेको छ। जिल्लामा १० वटा नयाँ थप डोजाङ दर्ता तयारीमा रहेको जानकारी दिइएको थियो।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width