इङ्लिस टोली आर्सनल र चेल्सी युरोपा लिगको क्वाटरफाइनलमा

नारायण शाही
चैत्र १, २०७५
Arsenal Vs Rennes

पोखरा, १ चैत । इङ्लिस क्लब आर्सनल र चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति प्रिक्वारटफाइनल अन्तर्गत दोस्रो लेगमा रिनेसलाई ३–० गोलअन्तरले पराजित गर्दै आर्सनल क्वारटफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ३–१ गोलअन्तरले पराजित भएको आर्सनलले उत्कृष्ट पुनगरागमन गर्दै ३–० गोलको जीत निकालेको हो । समग्रमा आर्सनलले ४–३ गोलअन्तरको जित निकाल्दै युरोपा लिग फुटबलको क्वाटरफाइनल यात्रा गरेको हो ।

आर्सनलको जितमा इमेरिक आबुमेयाङले दुई तथा मैटल्यान्ड निलेसले एक गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो ।

खेलको पाँचौ मिनेटमा नै आबुमेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा निलेसले गोल गरेपछि आर्सनलले पहिलो हाफसम्म २–० गोलको अग्रता बनाएको थियो । त्यस्तै, ७२ औं मिनेटमा आबुमेयाङले गोल गर्दै आर्सनललाई युरोपा लिगको क्वाटरफाइनल पु¥याए ।

चेल्सी पनि युरोपा लिग फुटबलको क्वाटरफाइनलमा

चेल्सी पनि युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको दोस्रो लेगको खेलमा ओलिभियर जिराउडले ह्याट्रिकसँगै डाइनामो किभलाई ५–० गोलअन्तरले पराजित गर्दै चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीले समग्रमा ८–० गोलको जित निकालेको हो । यसअघि चेल्सीले पहिलो लेगमा डाइनामो किभलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । चेल्सीको जितमा ओलिभियर जिराउडले ह्याट्रिक गोल गरे । त्यस्तै, मार्कस एलन्स र कलुम हुड्सन ओडोइले समान एक÷एक गोल गरे ।

जिराउडले पाँचौं मिनेटमा नै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यस्तै, उनले ३३ औं मिनेटमा अर्को गोल गर्दै चेल्सीको अग्रतालाई दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयमा एलन्सले गोल गर्दै चेल्सीलाई पहिलो ३–० गोलको अग्रता दिलाए ।

पहिलो हाफमा ३–० गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । चेल्सीका लागि जिराउडले ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । ७८ औं मिनेटमा हुड्सनले गोल गरेपछि चेल्सीले डाइनामोलाई ५–० गोलअन्तरले पराजित गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width